लेख
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उद्योगपति तथा सांसद विनोदकुमार चौधरी उपसभापतिमा निर्वाचित भएका छन्।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उद्योगपति तथा सांसद विनोदकुमार चौधरी उपसभापतिमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पछि पार्दै विजय हासिल गरेका हुन्। अन्तिम मतपरिणामअनुसार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दा परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्। त्यस्तै, उपसभापति पदका अन्य प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्। भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दा आचार्यले २ हजार ३४२ मत पाएका छन्।
चौधरी उद्योग व्यवसायसँगै राजनीतिमा सक्रिय छन्। उनी सन् २०१७ मा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट निर्वाचित भएका थिए। २०८२ फागुन २१ गतेको निर्वाचनमा भने उनी पराजित भएका थिए ।
कांग्रेसको उपसभापतिमा निर्वाचित भएसँगै चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा थप जिम्मेवारी पाएका छन्।
Source: https://singhadarbar.com/binod-chaudhary-congress-vice-president/